काठमाडौँ, ५ बैशाख । नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहांका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको…