काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको एक अभिव्यक्तिलाई निर्वाचन आयोगले ‘नोटिस’मा राखेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । उनले भनेकी थिइन् “जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ…