काठमाडौँ, २ बैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले तयारी गरेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि पार्टीले सातै प्रदेशका ७७ जिल्लामा पाँच दलीय सत्ता गठबन्धनको मर्म अनुसार चुनावी गठबन्धन…