अर्थ

सरकारले नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण लियो



काठमाडौँ, २० बैशाख । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।

यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब २२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये साउनदेखि चैतसम्मको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।