चितवन, २१ बैशाख । निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताउनुभयो…