सत्ता गठबन्धन टुट्ने अवस्थामा, सरकार निर्वाचन सार्न दुई षड्यन्त्र गर्दैछ: नेता बस्नेत

चितवन, ३ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गर्नुभएको छ । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताउनुभयो । गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको…