काठमाडौँ, ६ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । आज राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भएको र ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन…