एमाले केन्द्रीय कमिटी बैठक: आज अध्यक्ष र महासचिवका प्रतिवेदनमाथि छलफल

काठमाडौँ, १० चैत । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा जारी छ । बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ । अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय चुनावलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख छ । चुनाव जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको…