काठमाडौँ, २ चैत । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्।…