काठमाडौँ, २६ माघ । उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता सुरेन्द्र कुमार थापाले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अहिले निलम्बनमा रहेका सह–न्यायाधीववक्ता थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ अनुसार आयोगले उनीविरुद्ध ६१ लाख बिगो मागदाबी…