शेखर पक्षद्वारा आफ्नो गुट जगाउने प्रयास सुरु

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् । संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने। पौडेललाई…