जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन नगर्ने

जनकपुर, २१ माघ । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग केन्द्रित आन्दोलन नगर्ने निर्णय गरेको छ । आँधिबेहरी, असिना र बर्षासहित मौसम प्रतिकुल हुन आएको र यस्तो मौसम करिब एक हप्ता लम्बिने पूर्वानुमान रहेकाले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताए ।