राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

काठमाडौँ, १३ माघ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् । लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।