नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । आज बसेको कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको…