पूर्वमन्त्री बस्नेतद्वारा जन्मदिनको अवसरमा कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण

काठमाडौँ, ११ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा केन्द्रीय कारागारमा रहेका महिला कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा आज नेता बस्नेतले काठमाडौँको सुन्धारा स्थित कारागारमा रहेका ३६८ जना महिला, १२ जना बालबालिका तथा २० जना विदेशी गरी जम्मा ४०० जना…