बागमती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा, ३० फागुन । बागमती प्रदेशसभाको बैठक चैत ८ गतेसम्मको लागि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समयको व्यवस्था गरिएको थियो भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । आजको बैठकको विषेश समयमा सांसदहरुले प्रदेश सरकारको गतिविधि माथि आफ्नो धारण राखेका…