काठमाडौँ, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका नवराज सुवेदी रहनुभएको छ । राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति…