विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि एमसीसी पेश गरियो: अध्यक्ष ओली

काठमाडौँ, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको भन्दै आक्रोस जनाउनुभएको छ । प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको उल्लेख गर्नुभयो । आफू भने द्वन्द्व बढाउने पक्षमा नरहेको टिप्पणी अध्यक्ष…