काठमाडौँ, ५ फागुन । सरकारले ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेपछि केही जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै परेको रिट यसअघि दरपिठ भएकोमा बुधबार सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ । योसँगै स्थानीय तहका जनप्रतिनिधिको पदावधि विवादबारे सर्वाेच्चले सुनुवाइ गर्ने भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले ३० वैशाखमा एकै चरणमा सबै…