मकवानपुर, ७ पौष । वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।…