पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गयो : नेता बाँस्कोटा

काठमाडौं, २८ पौष । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताए ।  उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै…