विद्यासुन्दर शाक्यद्वारा फेरि मेयरमा उठ्ने संकेत

काठमाडौँ, २७ मंसिर ।  काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न…