सिन्धुपाल्चोक, २५ पौष । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए । सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु ।…