डडेल्धुरा, २२ पौष । डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेमा प्रतिबन्ध लगाएका छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा निषेध गरेका हुन । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने डडेल्धुराको मुख्य चोक स्याउले बजारबाट करिब २ किलोमिटर दुरीमा रहेको मालम गाउँमा…