जनकपुरधाम, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम…