प्रधानमन्त्री देउवाकाे निर्देशन- ‘खोप कुनै पनि हालतमा रोकिनुहुन्न’

काठमाडौँ, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ र स्वास्थ्य परीक्षण केन्द्र स्थापना गर्न निर्देशन दिनुभएको छ । कोभिड–१९ निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले खुला सिमानाका कारण भारतबाट आउनेको सङ्ख्या बढ्दै गइरहेकाले प्रवेश नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र गाउँघरतिर जान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले…