उम्मेदवारी फिर्ता ११ बजेभित्र, अन्तिम नामावली सवा १२ बजे प्रकाशन हुने

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन…