ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

काठमाडौँ, १३ पौष । केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  ललिता  निवास  प्रकरणमा  जोडिएका  रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट  नयाँ तथ्य  प्राप्त  गरेको  छ  ।  निजहरूको  बयानसँगै  नयाँ  तथ्य  खुल्दै  गर्दा  मुख्य  योजनाकार  भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र…