काठमाडौँ, ५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि आक्रमण गर्ने योजनामा सहमत भएका छन् । तर, उनले अझै इरानमा हमला गर्ने बारेमा अन्तिम निर्णय नगरेको सीबीएस न्युजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताए अनुसार, इरानले आफ्नो परमाणु कार्यक्रम छोड्न सहमत भएमा आक्रमण सुरु गर्न नहुने भन्दै ट्रम्पले रोक लगाएका…