काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित

काठमाडौँ, ९ पौष । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका  रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो ।…