विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

काठमाडौँ, ११ कार्तिक । डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो। मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा…