‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २७ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे । फाइजर खोपको अभियान यही कात्तिक २८…