बदनाम भयो, आजै राजीनामा दिन्छु : उद्योगमन्त्री हमाल

काठमाडौँ, २४ असोज । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । “म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, कांग्रेस र मेरो बदनामी भयो,” उनले भने, “राजीनामा दिन्छु…