गठबन्धनबारे कुनै शंका गर्नु पर्दैन, चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गरेका गर्नुभएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६)मा भाग लिएर आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’ सम्मेलनको क्रममा…