माओवादी आन्दोलनको ‘आधार क्षेत्र’ थबाङका जनताद्वारा अध्यक्ष ओलीलाई भ्रमणको निम्तो

थबाङ, १४ कार्तिक । माओवादी आन्दोलनको ‘आधार क्षेत्र’ थबाङका बासिन्दाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थबाङ भ्रमणको निम्तो दिएका छन्। थबाङ गाउँपालिकास्तरीय अधिवेशनमा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री ओलीलाई लैजाने पहल थालेका हुन्। थबाङवासी एमाले नेताहरूले आफ्ना अध्यक्षलाई ‘कम्युनिष्ट गाउँ’को भ्रमण गराउन चाहेका हुन्। खामभाषीको ऐतिहासिक गाउँ थबाङ पञ्चायतकालदेखि नै ‘कम्युनिष्ट किल्ला’ का रुपमा चिनिन्छ। १०…