काठमाडौँ, ६ मंसिर । गठबन्धनका नेता लाईन लागेर उद्घाटन गरिएको भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलमा सूचना तथा प्रशारण विभागले छापा मारेको छ । विभागले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मारेको हो । अनुगमन टोलीले दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ । पतञ्जलि नेपालले इजाजत पत्र…