राष्ट्रपतिको तथ्यांक संकलनबाट जनगणनाको सुरुवात गरिने

काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ । भोलि बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक…