नेपालमा वैदेशिक लगानी बढ्यो, पछिल्लो आर्थिक वर्षमा झण्डै २ खर्ब लगानी

काठमाडौँ, २५ भदौ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म नेपालमा रू। १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ ।…