कांग्रेस फेरि मिल्छ, मिलाउन संवाद गर्छौं: शेखर कोइराला

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन् ।  शनिबार सानेपा जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले संवादमार्फत समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो ।   उनले भने, 'फेरि मिल्छ, मिलाउनुपर्छ,…