काठमाडौँ, ४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेकी छन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले विपद्को यो दुःखद् घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र बेपत्ता भएकाहरुको खोजी कार्यमा राज्यका संयन्त्रहरुलाई…