कारबाहीमा परेका नेताहरुको सनाखत गराउन मिल्दैन : अध्यक्ष ओली

काठमाडौँ, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् । अध्यक्ष ओलीले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताएका छन् । ओलीका तर्फबाट तयार पारिएको अपिल प्रवक्ता प्रदिप ज्ञवालीले पढेर सुनाएका थिए ।