काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भोलिको समय तोकिदिएको छ । भोलि साढे ११ बजेदेखि २ बजेसम्म २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।