काठमाडौँ, १७ असोज । नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । आज भएको राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको हो । आज बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो…