काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान छलफल भएको हो । उक्त भेटमा सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको स्रोतले जनाएको छ । नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको…