काठमाडौँ, १५ भदौ । नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल धक्का लागेको छ । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल धक्का लागेको हो । प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जना औपचारिक रुपमै एकीकृत समाजवादतिर…