माधव समूह बसेको चन्द्रगिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण

काठमाडौँ, ८ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ । निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि आज जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले भने, ‘रिसोर्टमा भीडभाड भएको छ भन्ने गुनासो आयो । रिसोर्ट प्रशासनसँग सम्पर्क गरेर यथार्थ के हो भन्नेबारे जानकारी लिएका हौं,…