काठमाडौँ, ४ भदौ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् । पार्टीले कारबाही गरेका सांसदहरूलाई तत्काल कारबाहीको माग राख्दै एमाले सांसदहरूले शुक्रबार सभामुखको कार्यकक्षमा पुगेका हुन् । एमाले सांसद सूर्य पाठकले भने, “कसैलाई २४ घण्टामा कारबाही गर्ने, कसैलाई १२ घण्टामै पदमुक्त गरिदिने अनि नेकपा एमालेले कारबाही गर्दाचाहिँ कानुनअनुसार कुर्नुपर्ने ?,” “हामीले…