अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने

काठमाडौँ, १५ असार । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।