भक्तपुर, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर प्रकृतिले दिएको अनुपम उपहार भएको बताउनुभएको छ । समाजसेवी भजेश खड्काको सौजन्यमा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट, कैलाश डाँडाको अनन्तलिङ्गेश्वर आधारभूत विद्यालयका १८ जना विपन्न परिवारका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बस्नेतले जिल्लामा प्राकृतिक मनोरमयुक्त भएको दावी…