काठमाडौँ, २ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताउनुभएको छ । अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको सबैलाई बताउनुभयो ।…