काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले मुलुकमा लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको प्रष्टीकरण दिएका छन्। उनीहरूले गठबन्धनप्रति शंका–उपशंका नगर्न पनि आग्रह गरेका छन्। राजधानीमा शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल,…