चार मन्त्रीले शासन चल्छ ? दैनिक प्रशासनिक कार्यसञ्चालनमा अप्ठ्यारो

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई मंगलबार बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी यात्रामा अंकुश मात्र लागेको छैन, उनका लागि दैनिक प्रशासनिक कार्यसञ्चालनमा समेत अप्ठ्यारो स्थिति आइपरेको छ । बालुवाटारमा मंगलबार निवर्तमान मन्त्रीहरूको बैठक राखेर अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै ओलीले भनेका छन्, ‘के चार जना मन्त्री लिएर सरकार…