काठमाडौँ, ५ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् । बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्।